१३ औँ सागः पाँच खेल पोखरामा
0
Shares

0

पोखरा : युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन्।

पोखरा रंगशालाको मंगलबार निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए। मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले १३ औँ सागमा पाँच-छ खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको बताए। रासस

यसमा तपाईको मत